मंसिर ११, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार बिहीबार राष्ट्रपति पौडेलले मिति २०८२ मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम निर्वाचनलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सेना परिचालनको स्वीकृतिमा हस्ताक्षर गरेका हुन्।
सरकारले राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसपछि चुनावी सुरक्षाका संवेदनशील क्षेत्र वर्गीकरण गर्दै सेना परिचालन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागसँग समन्वयमा खटिने छ।
गृह मन्त्रालयले सुरक्षा निकायहरूबीच एकीकृत कमाण्ड प्रणालीबाट चुनावी सुरक्षा परिचालन हुने जनाएको छ। सेना मुख्यतः मतदान सामग्री ढुवानी, मतपेटिका सुरक्षा, अतिसंवेदनशील मतदान केन्द्र र मतगणनास्थलको सुरक्षामा केन्द्रित रहने बताइएको छ।
सरकार र निर्वाचन आयोगले सेना परिचालनको स्वीकृतिले चुनावी वातावरण थप सुरक्षित र विश्वसनीय बन्ने अपेक्षा व्यक्त गरेका छन्। हाल सुरक्षा तयारी, जनशक्ति व्यवस्थापन र रणनीतिक परिचालनको खाका अन्तिम चरणमा रहेको जनाइएको छ।चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउनु सरकारको साझा प्राथमिकता रहेको
















