महोत्तरीमा छुरा प्रहार गरी एक वृद्धको हत्या

२ मंसिर, जनकपुरधाम । महोत्तरीमा छुरा प्रहार गरी एक वृद्धको हत्या भएको छ । हत्या हुनेमा जलेश्वर नगरपालिका-९ का ६० वर्षीय बेचन राय रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

भट्टका अनुसार सोमबार साँझ जलेश्वर नगरपालिका-९ आगेपुल स्थित उनीमाथि एक युवकले छुरा प्रहार गरेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्दा चिकित्सकले मृत घोषणा गरेको डीएसपी भट्टले बताए ।

छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले धनुषाको नगराइन नगरपालिका -९ फूलगामाका पप्पु भन्ने २० वर्षीय अनिलकुमार मण्डल रहेका छन् ।

प्रहरीका अनुसार मदिरा र लागुऔषधको नशामा रहेका मण्डलले बाटो हिँड्ने क्रममा विवाद गरी छुरा घाँटीमा प्रहार गरेका थिए ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा CFWA का कर्मचारीद्धारा रकम सहयोग

    Read more

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more