मधेश प्रदेशमा सात दलको आन्दोलन जारी, एमालेका सरोज कुमार यादव मुख्यमन्त्री नियुक्तिपछि विरोध तीव्र

कार्तिक २६, जनकपुरधाम। मधेश प्रदेशमा नेकपा एमालेका सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि आन्दोलनरत सात दलले आज (बुधबार) पनि आफ्नो आन्दोलन निरन्तर गर्ने घोषणा गरेका छन्।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि कांग्रेससहितको सात दलीय गठबन्धनले यो निर्णय असंवैधानिक र जनमतको अपमान भएको आरोप लगाउँदै विरोध प्रदर्शन तीव्र पारेको हो।

गत केही दिनदेखि प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना, नाराबाजी र र्‍याली गर्दै आएको सात दलले बुधबार पनि जनकपुरधामलगायत विभिन्न जिल्लामा विरोध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। आन्दोलनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतनत्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, जनमत पार्टी र नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) सहभागी छन्।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाममा मध्यराति घरमा आगलागी, पूर्वशिक्षक सहनीको जलेर मृत्यु

    Read more

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more