महोत्तरी र धनुषाका ६ औषधी पसल सिल, ४३ मा सामान्य कैफियत भेटियो

वीरगञ्ज, कार्तिक २१ । औषधी व्यवस्था कार्यालय वीरगञ्जले दुई दिनको औचक अनुगमन क्रममा महोत्तरी र धनुषाका ६ वटा औषधी पसल सिल गरेको छ। अनुगमनका क्रममा ४३ वटा पसलमा सामान्य कैफियत फेला परेका छन्।

औषधी व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख शम्भु साहका अनुसार, महोत्तरी जिल्लाका १२ वटा औषधी पसलमा गरिएको अनुगमनमा ११ वटामा सामान्य कैफियत भेटिएको र १ वटा पसल बन्द गरिएको हो।

त्यस्तै, कार्यालयका सूचना अधिकारी ओम जयसवालका अनुसार धनुषा जिल्लामा ३७ वटा पसलमा अनुगमन गर्दा ३१ वटामा सामान्य कैफियत भेटिएको र ५ वटा पसललाई तत्काल बन्द गरिएको छ।

सिल गरिएका पसलहरूमा —

– न्यु ओम आयुर्वेद फर्मा, बर्दिबास (महोत्तरी)
– माँ दुर्गा सर्जिकल, धनुषा
– माँ जानकी पोलिक्लिनिक प्रा.लि., धनुषा
– आनन्द सर्जिकल, धनुषा
– आश्विन मेडिकल, जनकपुर
– नानदिन्दो हेल्थ केयर प्रा.लि., ढल्केवर
सामेल छन्।

कार्यालयका अनुसार, बुधवार र बिहीबार गरी दुई दिनमा कुल ४९ वटा औषधी पसलमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा अनुमति पत्र, म्याद गुज्रिएका औषधी, दर्ता नवीकरण, र स्वास्थ्य मापदण्डको अवस्था निरीक्षण गरिएको हो।

सामान्य कैफियत भेटिएका पसललाई पहिलो पटक चेतावनी दिइएको छ भने पुनः सुधार नभए कानूनी कारबाही गरिने चेतावनी दिइएको छ।

प्रमुख साहका अनुसार, अनुगमनको उद्देश्य औषधी बजारमा शुद्धता, सुरक्षा र उपभोक्ताको स्वास्थ्य सुनिश्चित गर्नु हो। “अबदेखि नियमित अनुगमन कडाइका साथ गरिनेछ,” उनले भने।

औषधी व्यवस्था कार्यालय वीरगञ्जले प्रदेशका सबै जिल्लामा यस्तै अनुगमन अभियान निरन्तर जारी राख्ने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more