जनकपुर र गौरबाट काठमाडौँ जाँदै गरेका दुईवटा बस चितवनमा दुर्घटना, ३३ जना घाइते

कार्तिक १४, जनकपुरधाम।  — जनकपुर र गौरबाट काठमाडौँतर्फ जाँदै गरेका दुई यात्रुबाहक बस चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगल नजिक दुर्घटनाग्रस्त हुँदा ३३ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटना गएराति करिब पौने २ बजे भएको हो। इँट्टा लोड गरेर सडक किनारमा पार्किङ गरी राखिएको ना. ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन बस ठोक्किँदा पछाडिबाट आइरहेको बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष बस समेत ठोक्किएको थियो।

दुर्घटनामा परेका घाइतेहरूलाई उपचारका लागि चितवनका विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरू:

१. सार्थक बाबु श्रेष्ठ (२०, उदयपुर–१०)
२. सदाकत मिया (३९, जनकपुर–१७)
३. नरेन्द्र शाह (५२, जनकपुर–१७)
४. समिर अन्सारी (१७, जनकपुर–७)
५. बसन्त झा (४६, जनकपुर–१)
६. मुकेशलाल कर्ण (४९, जनकपुर–४)
७. अन्जु कर्ण (३४, जनकपुर–४)
८. आरुष कर्ण (जनकपुर–४)
९. विद्या चौधरी (१९, लक्ष्मीनिया–४, धनुषा)
१०. अनिकेत कुमार साह (२०, राजदेवी–१, रौतहट)
११. आरभ मिश्र (११, बृन्दावन–३, रौतहट)
१२. कुष्ण कुमार साह (राजदेवी–१, रौतहट)
१३. मुकेश कुमार केसरी (४१, गौर–५, रौतहट)
१४. गीता देवी यादव (पिपरा–१, महोत्तरी)
१५. राम श्रेष्ठ (३७, पिपरा–१, महोत्तरी)

नेशनल सिटी अस्पताल, भरतपुरमा उपचाररत घाइतेहरू:

१. आलोक कुमार राउत (२८, जनकपुर–८)
२. आदित्य कुमार सिंह (२०, जलेश्वर–५)
३. रेखा सिंह (४३, जलेश्वर–५)
४. अञ्जली सिंह (२१, जलेश्वर–५)
५. मोनु कुमार महतो (२१, राजदेवी–२, रौतहट)
६. गम्भिरादेवी ठाकुर (६६, गौर–९, रौतहट)
७. विजय साह (५०, गरुडा–७, रौतहट)
८. उर्मिला कुमारी साह (४०, गरुडा–७, रौतहट)
९. सुनितादेवी मिश्र (६२, बृन्दावन–३, रौतहट)
१०. सुनिल प्रसाद (३२, मोतिहारी, भारत)
११. सुभद्रा कुमारी चौधरी (२५, मोतिहारी, भारत)
१२. पृया जैशवाल (७, मोतिहारी, भारत)
१३. कृती जैशवाल (४, मोतिहारी, भारत)

भरतपुर सरकारी अस्पतालमा उपचाररत घाइतेहरू:

१. दिव्या चौधरी (१९, लक्ष्मीनिया–४, धनुषा)
२. राजकिशोर दास (३०, दुर्गाभगवती–२, रौतहट)
३. रोशी कुमार साह (१९, माधवनारायण–५, रौतहट)
४. राजु दास (२५, माधवनारायण–५, रौतहट)
५. महमद साहेब (२२, मोतिहारी, भारत)

दुर्घटनापछि प्रहरीले उद्धार कार्य गर्दै घाइतेहरूलाई तत्काल उपचारका लागि विभिन्न अस्पताल पठाएको थियो। दुर्घटनाको कारणका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    निर्देशन अवज्ञा गर्दा जनकपुरधामको लिटिल चेम्प स्कुललाई जरिवाना

    Read more

    इरानको अडानपछि अमेरिका युद्धविराम लम्ब्याउन बाध्य

    Read more