मधेश सरकारमा नवनियुक्त दुई मन्त्रीले सपथ लिए

३० असोज, जनकपुरधाम । मधेश सरकारमा नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् ।

जनमत संसदीय दलका नेता महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिष पटेलले विनाविभागीय मन्त्रीको गोपनियताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट दुवैजनाले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

दुवैजनालाई नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले मन्त्री नियुक्त गरेकी हुन् ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more