प्रचण्डको खुलासा : “मध्यरातमा राष्ट्रपति हटाएर संविधान खारेज गर्ने षड्यन्त्र रोकें”

असोज ३, काठमाडौ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो नेतृत्वकालको एउटा महत्वपूर्ण प्रसङ्ग सार्वजनिक गरेका छन्। उनले मध्यरातमा तत्कालीन राष्ट्रपति हटाएर संविधान खारेज गर्ने षड्यन्त्र भएको दाबी गरेका छन्।

प्रचण्डका अनुसार सो समयमा ठूलो राजनीतिक संकट उत्पन्न भएको थियो र संविधान समेत खारेज हुने अवस्थामा पुगेको थियो। उनले भने, “मध्यरातमा राष्ट्रपति हटाएर संविधान खारेज गर्ने तयारी भइरहेको थियो। तर मैले तत्कालीन सेनापति, प्रमुख राजनीतिक दलका नेताहरू र सबै सरोकारवाला पक्षसँग निरन्तर वार्ता गरेर त्यो संकट टारेँ।”

उनले आफ्नो पहल र निर्णायक संवादकै कारण राष्ट्रपति पद र संविधान जोगाउन सम्भव भएको दाबी गरे। प्रचण्डले भने, “यदि त्यतिबेला समयमै हस्तक्षेप नगरेको भए देश पूर्णतया संवैधानिक सङ्कटमा फस्ने थियो।”

 

  • सम्बन्धित समाचारहरु

    गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

    Read more

    विवादबीच गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग भेटघाटमा

    Read more