असोज महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाए

३१ भदौ, काठमाडौं । असोज महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा भदौको तुलनामा असोजमा ब्याजदर घटेको हो ।

भदौको तुलनामा असोजमा वाणिज्य बैंकहरूको अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.११३५ प्रतिशत विन्दुले घटेको छ ।

भदौ महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकोमा असोज महिनाको लागि यो ५.४६३५ प्रतिशतमा कायम भएको छ ।

भदौको तुलनामा असोजमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ ।

ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, एनआईसी एसिया, प्राइम कमर्सियल, कुमारी, सानिमा, नेपाल एसबीआई, एनएमबी, सिटिजन्स छन् ।

सात बैंकले स्थिर राखेका छन् । स्थिर राखेका बैंकमा माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, सिद्धार्थ र हिमालयन र इन्भेस्टमेन्ट मेगा छन् । लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सामान्य बढाएका छन् ।

छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा कर्जाको ब्याज पनि स्वतः घट्न जान्छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरलाई घटाएर ब्याजदर घटाउन दवाव दिएपछि साउन र भदौमा पनि बैंकहरुले ब्याजदर घटाएका थिए । हाल नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।

कर्जा प्रवाहमा सुस्तता कायम रहँदा बैंकहरुको ब्याजदर घटिरहेको छ ।

असोज महिनाका लागि ब्यक्तिगत मुद्दतीमा बैंकहरूले दिने अधिकतम ब्याजदर

बैंक भदौको ब्याजदर (प्रतिशत) असोजको ब्याजदर (प्रतिशत)
कृषि विकास ५.२ ५.०५
एभरेस्ट ५.७५ ५.२५
नेपाल ५.४ ५.२५
लक्ष्मी सनराइज ५.२५
माछापुच्छ्रे
एनआईसी एसिया ६.२५
प्रभु ५.३५ ५.३५
स्टान्डर्ड चार्टड ५.१३ ५.१८
राष्ट्रिय वाणिज्य ५.५ ५.५
नबिल ५.५ ५.५
ग्लोबल आईएमई
सिद्धार्थ ५.५ ५.५
प्राइम कमर्सियल ५.५
कुमारी ५.२१ ५.०१
सानिमा ५.७५ ५.२५
हिमालयन
नेपाल एसबीआई ५.२५ ५.१८
इन्भेस्टमेन्ट मेगा ५.२५ ५.२५
एनएमबी
सिटिजन्स ५.५ ५.२५

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more