राष्ट्रपति पौडेलको अपिल : संविधान सुरक्षित, आगामी चुनाव सफल बनाउन सबैलाई आग्रह

भदौ २८, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले हालको असजिलो र चुनौतीपूर्ण परिस्थितिमा संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित रहेको स्पष्ट पार्नुभएको छ । देशमा भएको राजनीतिक संकटपश्चात जारी गरिएको विज्ञप्तिमा उहाँले कठिन प्रयासपछि शान्तिपूर्ण निकास निकालिएको उल्लेख गर्दै आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न जनतालाई अवसर प्राप्त भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले भन्नुभएको छ, “संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ, र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । अब जनताले अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर पाएका छन् ।”

उहाँले आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा सबै राजनीतिक शक्ति, नागरिक समाज र सचेत वर्गलाई जिम्मेवार ढंगले सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन हार्दिक अपिल गर्नुभएको छ ।

राष्ट्रपतिले जनतालाई विश्वास दिलाउँदै भन्नुभयो, “वडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिमाउने र आफ्ना सम्हालिने जिम्मेवारी सबै पक्षले पुरा गर्ने बेला आएको छ ।”

  • सम्बन्धित समाचारहरु

    निर्देशन अवज्ञा गर्दा जनकपुरधामको लिटिल चेम्प स्कुललाई जरिवाना

    Read more

    इरानको अडानपछि अमेरिका युद्धविराम लम्ब्याउन बाध्य

    Read more