सुनको भाउमा रेकर्ड बन्ने क्रम जारी

२२ भदौ, काठमाडौं । सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २४९० रुपैयाँको रेकर्ड बनाएको थियो ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more