जनकपुरधाममा पेसागत महासङ्घ नेपाल मधेश प्रदेशद्वारा सुशासन विषयक अन्तरक्रिया सम्पन्न

भदौ ६, जनकपुरधाम। पेसागत महासङ्घ नेपाल, मधेश प्रदेश समितिद्वारा “संगठन सुदृढीकरण र सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम” जनकपुरको बजरंग चौकस्थित जानकी स्टार होटलमा सम्पन्न भएको छ। कार्यक्रममा महासङ्घका मधेश प्रदेश अध्यक्ष विमल थापाको अध्यक्षता र महासचिव योगेन्द्र महतोको उदघोषण रहेको थियो।

कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज एवम् पूर्व मन्त्री लिलानाथ श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। त्यस्तै, पोलिटब्युरो सदस्य तथा एमाले राष्ट्रिय समिति इन्चार्ज रामेश्वर फुयाँल, एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, पेशागत महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्षहरू भोलानाथ पोखरेल र हरिकुमार श्रेष्ठ, महासचिव केदारप्रसाद देवकोटा, मधेश प्रदेश इन्चार्ज रामदेव लाल दास, सचिव इन्चार्ज अशोक चौधरीलगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

साथै नेकपा (एमाले) मधेश प्रदेश सदस्य रामनारायण मेहता, धनुषा जिल्ला अध्यक्ष भोला यादव लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति कार्यक्रमलाई उल्लेखनीय बनाएको थियो।

अन्तरक्रियामा सहभागी वक्ताहरूले संगठन सुदृढीकरण, पारदर्शी नेतृत्व, सुशासन प्रवर्द्धन तथा पेशागत हित संरक्षणका विषयमा धारणा राख्दै प्रदेशस्तरीय संगठनात्मक संरचना बलियो बनाउन साझा प्रयास आवश्यक भएकोमा जोड दिएका थिए।

 

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more