सुनचाँदी को मुल्य घटयो

भाद्र ३, जनकपुरधाम । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो।

सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भए पनि मंगलबार यसको मूल्य घटेर १ लाख ९५ हजार १०० रुपैयाँमा पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रुपैयाँले घटेर २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    निलार्जुन कलेजमाथि गुठी जग्गा कब्जाको आरोप, कलेजले भन्यो– ‘आरोप तथ्यहीन

    Read more

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    Leave a Reply