सदस्यता नवीकरण र पारदर्शिताका लागि सूचना जारी

२६ साउन, धनुषा  |  नेपाल पत्रकार महासंघ धनुषा शाखाले आफ्ना सम्पूर्ण सदस्यलाई आगामी २०८२ साल भदौ महिनाको पहिलो साताभित्र सदस्यता नवीकरण गर्न आग्रह गरेको छ।

महासंघका अनुसार केन्द्रीय कार्यालयको सर्कुलरअनुसार सदस्यता पारदर्शिता अभियान अन्तर्गत सदस्यहरूको डेटाबेस तयारीका लागि आवश्यक कागजातहरू संकलन कार्य भइरहेको छ। यस अन्तर्गत सदस्यहरूले शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालको फोटो, र हाल कार्यरत सञ्चार माध्यमको परिचयपत्र वा सिफारिस उपलब्ध गराउनुपर्नेछ।

यस सम्बन्धमा थप जानकारीका लागि महासंघको कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ। साथै, सचिव बटुकनाथ झा (९८४४११९७४६) वा कोषाध्यक्ष गोविन्द महतो (९८५१२५३९६४) सँग पनि सम्पर्क गर्न सकिने महासंघले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    गृहमन्त्री सुदन गुरुङद्वारा मटिहानी सीमाक्षेत्रको निरीक्षण, मन्दिर र पीर बाबा मजारको भ्रमण

    Read more

    जनकपुरधाममा निषेधाज्ञा अन्त्य, सोमबारदेखि सबै गतिविधि सहज हुने

    Read more

    Leave a Reply