पेट्रोल र डिजेलको मूल्य घट्यो, भोलिबाट लागू

असार ३१, काठमाडौ । नेपाली उपभोक्ताका लागि राहत दिने खबर आएको छ। भारतको इण्डियन आयल कर्पोरेशन (IOC) बाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा मूल्य घटाउने निर्णय गरेको छ।

नेपाल आयल निगम सञ्चालक समितिको मिति २०८२ असार ३१ गते बसेको बैठकले १६ जुलाई २०२५ (२०८२ असार ३२) देखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो।पेट्रोल रु. ५।०० ले घटाइयो र डिजेल/मट्टितेल रु. १।०० ले घटाइयो ,नयाँ मूल्यहरू २०८२ असार ३२ गते (१६ जुलाई २०२५) राति १२:०१ बजेदेखि लागू हुनेछ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार,पेट्रोलमा प्रतिलिटर रु. ५।०३,डिजेलमा प्रतिलिटर रु. १।३० ले घटेर आएको हो। यसै आधारमा निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य समायोजन गरेको हो।

निगमका अनुसार इन्धनको अन्तर्राष्ट्रिय मूल्य घटेकाले उपभोक्तालाई सिधा फाइदा दिने गरी मूल्य समायोजन गरिएको हो। मूल्य समायोजनपछि पनि निगमले केही इन्धनमा घाटा व्यहोर्दै आएको उल्लेख छ।

यसअघि निगमले तेलको मूल्य नघटाएको भन्दै उपभोक्ता अधिकारकर्मीहरूले आलोचना गर्दै आएका थिए। हालको मूल्य घटाउने निर्णयलाई सार्वजनिक रूपमा स्वागत गरिए पनि निगमले नियमित अन्तरालमा पारदर्शी मूल्य समायोजन गर्नुपर्ने माग भने यथावत् छ।

“यातायात खर्च घट्नेछ, दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत असर पर्छ”, भन्छन् उपभोक्ता महासंघका एक पदाधिकारी।साथै, आगामी दिनमा मूल्य पुनः नबढोस् भन्ने उपभोक्ताहरूको साझा अपेक्षा रहेको छ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य घटेसँगै नेपालमा पनि खुद्रा मूल्य घटाइएको छ। लगातार महँगीको मार खेपिरहेका नेपाली उपभोक्तालाई केही राहत मिल्नेछ। तर मूल्य समायोजनको पारदर्शिता र दीर्घकालीन मूल्य स्थिरता अझै चुनौतीकै विषय रहेको छ।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    Leave a Reply