राष्ट्रिय सभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन–मन्त्री नियुक्त

असार ३१,काठमाडौ ।    राष्ट्रिय सभा सांसद भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन–मन्त्री नियुक्त गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी मन्त्रिपरिषद् पुनर्गठन कार्यादेशअनुसार न्युक्त भएकि हुन। प्रतिनिधि सभा सांसद राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मंगलबारै मन्त्रालयबाट राजीनामा दिएका थिए।

न्यौपाने तनहुँकी हुन् र २०७६ मा गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन्। उनको कार्यकाल आगामी २० फागुन, २०८२ सम्म रहेको छ

राजकुमार गुप्ताले प्रदेशको मालपोत कार्यालय प्रमुख सरुवा रोक्ने र भूमि आयोगको जिम्मेवारी दिलाउने भन्दै ७८ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि तत्कालीन मन्त्री पदबाट राजीनामा दिएका थिए। यसपछि रिक्त पदमा उनलाई आवश्यक पारित संविधानको धारा ७६(९) अन्तर्गत भगवती न्यौपानेलाई जिम्मेवारी सुम्पिएको हो ।

यस मन्त्रालयलाई चुनौतिपूर्ण मानिन्छ किनकि कर्मचारी सरुवा–बढुवा, स्थानीय तहसँग समन्वयलगायत संवेदनशील प्रशासनिक निर्णयहरूमा यसको प्रभुता छ। घुस व्यापार विशेषगरी यो मन्त्रालयसँगै जोडिने गरेका कारण नयाँ मन्त्रीबाट पारदर्शिता र प्रशासन सुधारमा धार देखाउने अपेक्षा गरिएको छ ।

भगवती न्यौपानेलाई यो पदमा नियुक्त गर्दा, यो स्पष्ट संकेत हो कि हालको सरकार भ्रष्टाचार र प्रशासनिक सुधारतर्फ तत्काल सक्रिय भएको छ। कर्मचारी सरुवा–बढुवा प्रक्रियामा पारदर्शिता ल्याउने, सुशासन प्रवर्द्धन गर्ने र स्थानीय–केन्द्रीय समन्वय सुदृढ बनाउने जिम्मेवारी न्यौपानेलाई दिइएको छ। उनी सक्षम र अनुभवी नेतृ भएकाले, यस मन्त्रालयलाई उल्लेखनीय सुधार गर्ने अपेक्षा गरिएको छ तर मन्त्रीमण्डलका अरु पनि सदस्य माथी भ्रष्टाचार को आरोप लाग्दा र राजीनामा को माग उठदा पनि कुनै वास्ता भएन यसबाट बहुसंख्यक जनतालाइ अनुहार हेरि आफू खुसी न्युक्ती र राजिनामा को खेल चलेको भान भएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply