विकास हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट

२९ असार, काठमाडौं । सर्वसाधारणका लागि खुलेको विकास हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट भएको छ ।

बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो । सर्वसाधारणका लागि कुल २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको थियो ।

सो सेयरमा २० लाख ४३ हजार ६८६ आवेदन रितपूर्वक भरिएको थियो । रितपूर्वक दिएका आवेदकमध्ये २ लाख ९४ हजार २७६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

बाँकी १७ लाख ४९ हजार ४१० आवेदकको हात रित्तो भएको छ । आईपीओको नतिजा केही बेरपछि आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।

कम्पनीले गोरखा जिल्लाको धार्चेमा माथिल्लो माछाखोला साना जलविद्युत् आयोजना सञ्चालन गरेको छ । जुन ४.५५ मेगावाट क्षमताको छ । यस आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत २४ करोड ५७ लाख ६८ हजार रुपैयाँ छ ।

गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३७ पैसा छ । प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७६ पैसा छ । कम्पनीको सञ्चित नाफा १ करोड २८ लाख रुपैयाँ छ ।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    Leave a Reply