बामदेव गौतम साउन २ गते एकीकृत समाजवादीमा जाँदै

२७ असार, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।

साउन २ गते राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने छ ।

यस सम्बन्धी सहमतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा दुवैको राजनीतिक सिद्धान्त मिलेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरेको उल्लेख छ ।

हेर्नुहोस् सहमति पत्र-

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता सर्वोच्च अदालतले भंग गरेपछि बामदेव गौतम कतै पनि नलागी २५ पुसमा नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

सुरुमा नेकपा एमालेमा जान खोजेका उनी पछि अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाका कारण रोकिएका थिए । आज भने उनले ओली नेतृत्वकै नेकपा एमालेबाट अलग भएका माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

बामदेवलाई तेस्रो वरियता ?

नेपालका वामपन्थी दललाई एकताबद्ध गर्ने उद्देश्य राखेका गौतम केही वर्षयता नेकपा माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग सम्वादमा थिए ।

‘जसले अध्यक्ष पद दिन्छ, म त्यतै जान्छु’ भन्ने गरेका गौतम अन्ततः माधव नेपालको नेतृत्व स्वीकार गरेको समाहित हुन लागेको स्रोतले बतायो ।

नेकपा एकीकृत समाजवादीमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनालपछि बामदेव गौतम तेस्रो वरीयतामा रहने र गौतमपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई चौथो वरियतामा राख्ने विषयमा सुरुवाती दिनहरुमा छलफल चलेको थियो ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply