सर्लाहीका एसपीलाई कारवाही नभए मधेश सहित देशैभरि आन्दोलन चर्काउने जसपाको चेतावनी

२७ असार, जनकपुरधाम | अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफना मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई दुर्व्यवहार गर्ने सर्लाहीका एसपीलाई कारवाही नभए मधेश र देशभरि आन्दोलन थाल्ने चेतावनी दिएको छ ।

जनकपुरधाम स्थित पार्टीको मधेश प्रदेश कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि पार्टीका केन्द्रिय तथा मधेशका पदाधिकारीहरुले जनताको जनगुनासो अनुसार मधेश अध्यक्ष यादवले जिल्लाका एसपीलाई कुरा राख्दा मधेशी भनेर हेपेको र पहिलो गाली शब्द प्रयोग गरेपछि स्थिती विग्रिएका पुर्व जनप्रतिनिधि र सत्ताधारी पार्टीको मधेश अध्यक्षलाई मर्यादा नगर्ने प्रहरी प्रमुखलाई कारवाहीको माग गरेका छन् ।

तपाईँको पार्टी सत्तामा छ, मधेश अध्यक्षको पक्षमा के गर्दै छ ? भन्ने प्रश्नमा पत्रकार सम्मेलनमा उपस्थित नेताहरुले पार्टी आफनो हिसावले लागेको बताउदै आफनो मात्र नभई मधेशका सम्पुर्ण जनता अध्यक्ष यादवको पक्षमा रहेको बताउदै उल्टै मुद्दा लगाउने काम भए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

गत असार १९ गते पुर्वाधार विकास कार्यालयमा राती प्रहरीको घेरा भित्र कार्यालय प्रमुखले गेटमा ताल्चा लगाएर कार्यालय सञ्चालन गरिरहेको र सर्वसाधारण भन्दा कमिसनको काम मात्र गरिरहेको विषयमा जानकारी लिन सर्लाहीका एसपी योगेन्द्र कुमार खडका फोनमा बुझन खोज्दा जसपा अध्यक्ष यादव र एसपी बिच गालीगलौज को स्थिति उत्पन्न भएको थियो । जसपाले पहिला एसपीले मधेशी भन्दै गाली गरेको आरोप लगाएको छ ।

मधेशमा असार मसान्तमा कमिशन दिनेको मात्र काम हुने र त्यसको संरक्षक पुलिस प्रशासननै बन्न थालेको आरोप लगाउँदै त्यस विरुद्व बोल्नु जनताको सेवा रहेको उनीहरुको तर्क छ । मुद्दा खारेजी र एसपीलाई कारवाही हुनुपर्ने जसपा मधेशको माग छ । पत्रकार सम्मेलनमा पार्टीकी मधेश उपाध्यक्ष निर्मला यादव, केन्द्रिय नेता राजकिशोर यादव, उर्मिला यादव, धनुषा र महोतरी अध्यक्ष सहितको उपस्थिति थियो ।

  • सम्बन्धित समाचारहरु

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more

    भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री वाग्ले भारत जाँदै

    Read more

    Leave a Reply