सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

१५ असार , काठमाडौ ।। सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफल गरिएको थियो, छलफल सकिए पछि सो बिधेयक पारित भएको हो ।

मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्‌मा प्रस्तुत गरेका थिए, सो विधेयकमा दुइ दर्जन भन्दा बढी सांसदले आ आफ्नो धारणा राखेका थिए ।

अब प्रतिनिधिसभाकाे बैठक असार २३ गते बस्नेछ ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more

    Leave a Reply