संविधान पूरा हुने दिन हामी आफैँ ल्याउनुपर्छ” : प्रधानमन्त्री बालेन

३ असोज , काठमाडौ । — संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री बालेनले संविधानको कार्यान्वयन, सुशासन र भ्रष्टाचार नियन्त्रणबारे दृढ धारणा व्यक्त गरेका छन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री बालेनले भने, “संविधान जति राम्रो भए पनि, त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ।”

उनले भ्रष्टाचार र दण्डहीनताविरुद्धको अभियानलाई थप तीव्र बनाउने संकेत गर्दै भने, “भ्रष्टाचार र दण्डहीनताको गहिरो जरो उखेल्ने हातहरू अब झन् बलिया र धेरै छन्, किनकि सुशासन कुनै नारा होइन, काम हो।”

प्रधानमन्त्री बालेनले संविधानको औपचारिकता मात्र नभई व्यवहारिक कार्यान्वयनमा जोड दिँदै भने, “संविधान जारी भएको दिन हरेक वर्ष आउँछ, तर संविधान पूरा हुने दिन हामीले हरेक इमानदार निर्णय र पारदर्शी सेवामार्फत आफैँ ल्याउनुपर्छ।”

शहीदहरूको बलिदानको स्मरण गर्दै उनले संविधानलाई नारामा सीमित नराख्ने प्रतिबद्धता जनाए। “शहीदहरूको रगतले लेखेको यो संविधानलाई हामी कुनै पनि हालतमा नारामा सीमित नराखी आफ्नै काममार्फत पूरा गर्नेछौँ,” उनले भने।

प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई संविधानको सार्थक कार्यान्वयन, सुशासन प्रत्याभूति र भ्रष्टाचारमुक्त शासन व्यवस्थापनप्रतिको प्रतिबद्धताका रूपमा लिइएको छ।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाममा संविधान संशोधन र हिन्दूराष्ट्रको माग गर्दै राष्ट्रिय एकता दलको प्रदर्शन

    Read more

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more